प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनबाट आजदेखि ओपिडी सेवा सञ्चालन
झापा। झापामा सरकारी स्वामित्वको सबैभन्दा ठूलो अस्पताल प्रादेशिक अस्पताल भद्रपुरले आजदेखि नयाँ भवनबाट बहिरङ्ग विभाग (ओपिडी)–को सेवा सञ्चालन गरेको छ ।
आज बिहान बटुकहरूद्वारा स्वस्ति वाचन गराई अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खडकाले विधिवतरुपमा ओपिडी सेवाको शुभारम्भ गर्नुभएको हो ।
ओपिडीमा बिरामीको अत्यधिक चाप हुने हुँदा नयाँ भवनमा पहिलो चरणमा ओपिडी सेवा शुरु गरिएको र क्रमशः अन्य सेवा सञ्चालन गर्दै लगिने डा. खड्काले बत्ताउनुभयो ।
केही वर्षअघि नै निर्माण सम्पन्न भए पनि गुणस्तरहीन निर्माण भएको भनी जनगुनासो आएपछि अस्पताल प्रशासनले स्वामित्व ग्रहण नगर्दा सेवाहरू सञ्चालन हुन सकेको थिएन । निर्माण कम्पनीले पुनः मर्मत गरेपछि नयाँ भवनबाट सेवा दिन शुरु गरिएको डा. खड्काले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्