तपाईँ सुन्दै हुनुहुन्छः

बज्राचार्य रक्तदान समाजद्वारा आयोजित ५५ जनाद्वारा रक्तदान

काठमाडौँ । बज्राचार्य रक्तदान समाजले शनिवार काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गर्नुभएको छ ।

काठमाडौँको वसन्तपुर स्थित कालभैरव परिसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका ५५ जना रक्तदाताले रक्तदान गर्नुभएको समाजका परिकल्पनाकार आनन्दरत्न बज्राचार्यले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग र समन्वयमा गरिएको रक्तदान कार्यक्रममा सङ्कलित रगत रेडक्रसलाई हस्तान्तरण गरिएको बज्राचार्य रक्तदान समाजका अध्यक्ष अगममान गुभाजुले बताउनुभयो ।

रगतको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सो समाजले विभिन्न समयमा रक्तदान कार्यक्रमहरूको आयोजना गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सो समाजकी मिनर्भा बज्राचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button