तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वन क्षेत्रमा ४३ हजार बिरुवा रोपियो

वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले यस वर्ष राष्ट्रिय वन क्षेत्रभित्र करिब २७ हेक्टरमा वृक्षारोपण गरेको छ । यस वर्ष राष्ट्रिय वन क्षेत्रको २७ हेक्टर क्षेत्रफलमा विभिन्न जातका ४३ हजार बिरुवा रोपिएको हो ।

डिभिजन वन कार्यालय पर्साले सबैया साझेदार बन सबैया, विन्दवासिनी कोईलाभार साझेदारी वन बडनिहार र गाद्दिमाई साझेदारी वन रङ्गपुर क्षेत्र अन्तर्गतका वन फडानी भएका र नदी किनार वन क्षेत्र भित्र करिब २७ हेक्टर क्षेत्रफलमा विभिन्न जातका ४३ हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय पर्साका वन प्रमुख सुनिल कुमार कर्णले जानकारी दिनुभयो ।

वन प्रमुख कर्णका अनुसार सबैया साझेदारी वन क्षेत्रभित्र रहेको भेडाहा नदी संरक्षणका लागि ७ हेक्टर वन तथा नदी किनार क्षेत्रमा खयर, टिक गरी १२ हजार, विन्दवासिनी कोईलाभार बडनिहार साझेदारी वन क्षेत्रको बन फडानी भएका खाली ठाउँको ७ हेक्टर क्षेत्रमा खयर, टिक गरी १२ हजार र गाद्दिमाई साझेदारी रङ्गपुरको भलुवाई खोलाको आसपास खयर, सिसौ र टिक गरी करिब १३ हेक्टर क्षेत्रफलमा २० हजार गरि ४३ हजार बिरुवा रोपिएको छ ।

हरेक वर्ष वृक्षारोपण गरिए पनि बिरुवा जोगाउन कठिन भएको भन्दै वन प्रमुख कर्णले यस वर्ष तारबार गरिएको र बिरुवा रेखदेख गर्ने एक कर्मचारी राख्ने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button