तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

काभ्रेपलाञ्चोक  । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चार घण्टापछि खुलेको  छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा  पहिरो खस्दा आज विहान छ बजेदेखि  सडक अवरुद्ध भएको थियो  ।  

प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाइएको बताउनुभयो ।  सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका थिए । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो  ।  उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button