मन्त्री भण्डारीद्वारा मयूरधाप औद्योगिक क्षेत्रको अनुगमन
'मयूरधाप औद्योगिक क्षेत्र छिट्टै सञ्चालनमा आउने'

मकवानपुर । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले हेटौँडाको प्रस्तावित मयूरधाप औद्योगिक क्षेत्र चाँडै सञ्चालनमा आउने बताउनुभएको छ।
शनिबार बिहान औद्योगिक क्षेत्रको अनुगमन गर्नुहुँदै मन्त्री भण्डारीले उक्त जानकारी दिनुभएको हो।

मन्त्री भण्डारीका अनुसार, यो क्षेत्र करिब ६ अर्ब लगानीमा निर्माण हुनेछ। मध्यवर्ती क्षेत्रको कारण समस्यामा परेको यो परियोजना अब कानुन निर्माण भइसकेकोले डिपिआरको आधारमा सञ्चालनमा ल्याइने तयारी छ।
मयुरधापलाई प्रदेश राजधानीको उद्योग हबको रूपमा विकास गरिने योजना रहेको छ। मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी इआइए प्रक्रिया टुङ्ग्याउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो।

यसैबीच, मन्त्री भण्डारीले हेटौँडा सिमेन्ट उद्योग र बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको पनि अनुगमन गर्नुभएको छ। उहाँले हेटौँडा सिमेन्टलाई देशको गौरवको उद्योग भन्दै यसका समस्या समाधान गरी पूर्ण सञ्चालनमा ल्याउने बताउनुभयो।







प्रतिक्रिया राख्नुहोस्