तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटनामा १ जनाको मृत्यु ,१ गम्भीर घाइते

दाङ । दाङमा सवारी दुर्घटना हुँदा १जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । 

तुलसीपुर देखि पश्चिम तर्फ जाँदै गरेको रा१त १४२२ नं को ट्याक्टरमा पछाडि वाट ठोकिदा लु.प्र.०२-००१प ०९४६ मोटरसाइकल चालक दाङ जिल्ला दङगिसरण गापा-५ बस्ने वर्ष २५ का सम्राट गिरी उपचारको क्रममा प्रदेश अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। 

त्यस्तै लमही वाट घोेराहि तर्फ जाँदै गरेको रा१ख २२५४ न टिपर र सोही  दिशा तर्फ जाँदै गरेको रा १ व ८८५ न को मोटरसाइकल ठोक्किँदा घोराही बस्ने वर्ष २८ का शक्ति सिङ जिसी घाइते हुनु भएको छ । 

राप्ति उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचार पछि  थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button