प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षक रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कोषको अध्यक्षमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई जिम्मेवारी दिनुभएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्न सक्ने व्यवस्था रहेको छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले तत्कालीन वन मन्त्री प्रेम आलेलाई कोषको अध्यक्षमा जिम्मेवारी नदिई डाक्टर कृष्ण प्रसाद ओलीलाई कोष अध्यक्षको जिम्मेवारी दिनुभएको थियो ।
यो पटक प्रधानमन्त्रीले वनमन्त्री शाहीलाई विश्वास गरि कोषको अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।







प्रतिक्रिया राख्नुहोस्