तपाईँ सुन्दै हुनुहुन्छः

झुन्डिएको अवस्थामा किशोरीको शव फेला 

बाँके।  कोहलपुरमा एक किशोरीको शव झुन्डिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका वडा न-९, पपरीस्थित दुग्ध विकास संस्थान (डिडिसी) परिसरको रूखमा झुन्डिएको अवस्थामा किशोरीको शव भेटिएको हो ।

चौरजहारी नगरपालिका-४ पश्चिम रुकुम घर भई हाल कोहलपुर बस्दै आएकी १५ वर्षकी निर्मला पुनको शव झुन्डिएको अवस्थामा फेला रहेको कोहलपुर नगरपालिका वडा न- ९ का वडाध्यक्ष उपेन्द्रनाथले बताउनुभयो। योगीका  अनुसार मृतक युवती कोहलपुर-१० को त्रिभुवन मावि कक्षा ९ मा अध्ययनरत थिइन ।

अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ भने शव निकाल्ने काम भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी नै छ भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button