तपाईँ सुन्दै हुनुहुन्छः

नगरप्रमुख छात्रवृत्ति कोषबाट विपन्न विद्यार्थीहरू लाभान्वित

नवलपरासी पश्चिम् । “नगरप्रमुख छात्रवृत्ति कोष”मार्फत विपन्न विद्यार्थीहरू लाभान्वित भएका छन् ।बर्दघाट नगरपालिकाले गरिब तथा अति विपन्न घरपरिवारका विद्यार्थीका लागि कोष मार्फत रकम उपलब्ध गराएको हो ।बिगत बर्षर्षदेखी नै छात्रवृत्ति उपलब्ध गराउँदै आइएको छ ।

नगरपालिकाले छात्रवृत्तिका लागि १५ दिने सूचना जारी गरि निवेदन माग गरेको थियो । सोही अनुसार ५१ जनाको निवेदन परेकोमा ३० जना विद्यार्थी छात्रवृत्तिका लागि छनौट भएका हुन ।विभिन्न मापदण्ड र सूचक पूरा भएको आधारमा छात्रवृत्ति उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
छ। जसमा न्यूनतम ८ हजार देखि अधिकतम ५० हजार बराबरको ४ लाख १२ हजार रुपैयाँ रकम उपलब्ध गराइएको छ ।

छात्रवृत्ति प्राप्त गर्नेमा दुई जना एमबिबिएस अध्ययन गर्ने विद्यार्थी रहेका छन् भने अन्य नगर भित्र अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरू रहेका छन् ।अघिल्लो आर्थिक वर्षमा अपाङ्ग,अशक्त तथा द्वन्द्व पीडित परिवारका विद्यार्थीका लागि समेत ४ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।”गरिब तथा विपन्न कोही विद्यार्थीहरू पनि आर्थिक अभावकै कारण पढाई बाट वञ्चित नहोउन् भन्ने नै हो,शिक्षा विद्यार्थीको हक पनि हो,यसर्थ हामीले सक्दो प्रोत्साहन पनि गरेका हौँ”नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।

नगरपालिकाले कार्यबिधीनै बनाइसकेकाले सोही मापदण्ड अनुरुप वास्तविक विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध गराइएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button