तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्रीद्वारा धनकुटा र तेह्रथुम जोड्ने सडकको उद्घाटन

विराटनगर । कोशी प्रदेश सरकारको महत्वपूर्ण सडक सञ्जालको रुपमा रहेको धनकुटाको सिधुवा बजारदेखि तेह्रथुम जिल्लाको शुक्रबारे बजार जोड्ने सडकको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ ।

कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने प्रदेश सरकारले जनाएको छ ।

१७ किलोमिटर लामो सडक निर्माणले तेह्रथुमको कृषि, पर्यटनको प्रवर्द्धनमा भूमिका खेल्ने छ । यो सडक धनकुटाको सिधुवाबाट सुरु भई तेह्रथुमको सदरमुकामसम्म पुर्‍याउने लक्ष्यका साथ निर्माण गरिएको हो ।

त्यस अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक निर्माणले स्थानीय बजार प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले बुधबार नै तेह्रथुमको छथर जोरपाटीको खेलकुद लगायत विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button