भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा आजदेखि आँखाको सर्जिकल सेवा सुरु भएको छ । ३ वर्ष अघि एउटा कोठाबाट ओपिडी सेवा सुरु गरेको आँखा विभागले आजदेखि सर्जिकल सेवा सुरु गरेको हो ।

अब आँखाका बिरामीहरूले सहज र सर्वसुलभ सेवा पाउने अस्पतालले जनाएको छ । आगामी दिनमा आँखा सेवालाई थप प्रभावकारी बनाउँदै नयाँ सर्जिकल सेवा पनि थप्दै जाने पनि अस्पतालले जनाएको छ ।
यसैबीच भेरीले अति न्यून शुल्कमा पश्चिम नेपालका हजारौँ बिरामीहरूको उपचार गर्दै आएको भेरी अस्पतालले यस क्षेत्रका सर्वसाधारणको सुविधाका लागि सेवा शुल्क घटाएको छ । भेरी अस्पतालमा सेवाग्राहीले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्