करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु
झापा । झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोक्तान हिजो बेलुकी चुडालचोक पूर्व बाटोछेउको नाली जमेको पानीमा करेन्ट लगाई माछा मार्न गएका थिए । सोहीक्रममा करेन्ट लागेर घाइते भएका उनलाई डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्