सुडानमा सरकारी सेनाको अनुपस्थितिमा नै युद्धविराम वार्ता सुरु हुने

जेनेभा । सुडानी सरकार नरहने तयारी गरे पनि अमेरिकी मध्यस्थतामा रहेको सुडान युद्धविराम वार्ता स्विट्जरल्याण्डमा बुधबारदेखि शुरु हुने भएको छ ।
सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले विनाशकारी द्वन्द्वबाट तहसनहस भएका सुडानका जनताले अब पर्खन नसक्ने भन्दै वार्ता अघि बढ्ने बताउनुभएको छ ।
सन् २०२३ को अप्रिलदेखि सुडानका वास्तविक शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध चलिरहेको छ ।
आरएसएफको प्रतिनिधिमण्डल अज्ञात स्थानमा बन्द कोठामा हुने वार्ताका लागि स्विट्जरल्याण्डमा छ तर सरकार निकट सुडानी सशस्त्र बल (एसएएफ) ले निमन्त्रणा स्वीकार गरेको छैन ।
१० दिनसम्म चल्ने उक्त वार्ताका लागि साउदी अरब र स्विट्जरल्याण्डले संयुक्त रूपमा मध्यस्थता गरेका छन् भने अफ्रिकी सङ्घ, इजिप्ट, संयुक्त अरब इमिरेट्स र संयुक्त राष्ट्रसङ्घ पर्यवेक्षकका रूपमा उपस्थित छन् ।
सुडानमा चलिरहेको हिंसात्मक द्वन्द्वले संसारकै सबैभन्दा खराबमध्ये एक मानिएको मानवीय सङ्कट निम्त्याएको छ ।
यस द्वन्द्वका कारण हरेक पाँच सुडानीमध्ये एक जना आफ्नो घर छोड्न बाध्य भएका छन् भने दशौं हजारको मृत्यु भइसकेको छ । देशभरका दुई करोड ५० लाखभन्दा बढी अर्थात् आधाभन्दा बढी जनसङ्ख्या भोकमरीको चपेटामा परेको छ ।
“ अहिले शान्ति स्थापनाका लागि उपयुक्त समय हो,” पेरिएलोले मङ्गलबार भन्नुभयो ।
उहाँले भन्नुभयो, “अहिलेसम्म एसएएफले भाग लिन मानेको छैन । यद्यपि हामी हाम्रा अन्तर्राष्ट्रिय र प्राविधिक साझेदारहरूसँग सुडानका जनतालाई समर्थन गर्न सबै विकल्पहरू खोजी गर्न अघि बढ्नेछौँ”, उहाँले भन्नुभयो, “सरकारलाई ‘अवसरको फाइदा उठाउन’ आग्रह गर्दछौँ ।”
सुडानी सरकार नरहने तयारी गरे पनि अमेरिकी मध्यस्थतामा रहेको सुडान युद्धविराम वार्ता स्विट्जरल्याण्डमा बुधबारदेखि शुरु हुने भएको छ ।
सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिएलोले विनाशकारी द्वन्द्वबाट तहसनहस भएका सुडानका जनताले अब पर्खन नसक्ने भन्दै वार्ता अघि बढ्ने बताउनुभएको छ ।
सन् २०२३ को अप्रिलदेखि सुडानका वास्तविक शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज ९आरएसएफ० बीच युद्ध चलिरहेको छ ।
आरएसएफको प्रतिनिधिमण्डल अज्ञात स्थानमा बन्द कोठामा हुने वार्ताका लागि स्विट्जरल्याण्डमा छ तर सरकार निकट सुडानी सशस्त्र बल (एसएएफ) ले निमन्त्रणा स्वीकार गरेको छैन ।
१० दिनसम्म चल्ने उक्त वार्ताका लागि साउदी अरब र स्विट्जरल्याण्डले संयुक्त रूपमा मध्यस्थता गरेका छन् भने अफ्रिकी सङ्घ, इजिप्ट, संयुक्त अरब इमिरेट्स र संयुक्त राष्ट्रसङ्घ पर्यवेक्षकका रूपमा उपस्थित छन् ।
सुडानमा चलिरहेको हिंसात्मक द्वन्द्वले संसारकै सबैभन्दा खराबमध्ये एक मानिएको मानवीय सङ्कट निम्त्याएको छ ।
यस द्वन्द्वका कारण हरेक पाँच सुडानीमध्ये एक जना आफ्नो घर छोड्न बाध्य भएका छन् भने दशौं हजारको मृत्यु भइसकेको छ । देशभरका दुई करोड ५० लाखभन्दा बढी अर्थात् आधाभन्दा बढी जनसङ्ख्या भोकमरीको चपेटामा परेको छ ।
“ अहिले शान्ति स्थापनाका लागि उपयुक्त समय हो,” पेरिएलोले मङ्गलबार भन्नुभयो ।
उहाँले भन्नुभयो, “अहिलेसम्म एसएएफले भाग लिन मानेको छैन । यद्यपि हामी हाम्रा अन्तर्राष्ट्रिय र प्राविधिक साझेदारहरूसँग सुडानका जनतालाई समर्थन गर्न सबै विकल्पहरू खोजी गर्न अघि बढ्नेछौँ”, उहाँले भन्नुभयो, “सरकारलाई ‘अवसरको फाइदा उठाउन’ आग्रह गर्दछौँ ।”रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्