तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा दुई विद्यार्थी घाइते

बाँके । नेपालगन्जको पुष्पलाल चोकमा आज बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । नेपालगन्जको विपी चोकदेखि कारकाँदोतर्फ जाँदै गरेको वा.प.०१००६ ख ४५९६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको सु.प.०१०१ प ९८५६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्कुटरमा सवार दुई जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिनु भयो । घाइते दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।

घाइतेको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । बसका चालक ४८ वर्षीय पदम घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी डाँगीले बताउनु भयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button