तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिका प्रमुख र चिनियाँ सीमा नाका प्रमुखबिच भेटवार्ता 

मुगु । चिन र नेपालसँग सीमा नाका जोडिएका स्थानीय प्रमुखहरू बिच भेटवार्ता भएको छ । चिनको ह्यजिमारमा चलिरहेको हाटबजारमा मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख र चिनका नाका हेर्ने प्रमुख बिच भेटवार्ता भएको हो ।

शनिवार  (१० अगस्ट २०२४) मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामा र मुगु,डोल्पा,हुम्ला हेर्ने चिनियाँ अधिकारी शुचि बिच वान टु वान भेटवार्ता भएको टोलीमा सहभागी मुगम कार्मारोङ्ग गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत सोबेन्द्र बहादुर मल्लले जानकारी गराउनु भयो ।

सूचना अधिकृत मल्लका अनुसार भेटवार्तामा पालिका प्रमुखले नाग्चेलाग्ना नाका चीन र नेपालको परम्परागत नाका भएकोले सीमासम्म दुवै देशले सडक पुर्‍याइ यहाँ आवश्यक रहेका पूर्वाधार बनाइ दुवै देशका जनतालाई सहज बनाउन स्थायी रूपमै नाका खोल्न   चिनियाँ सरकारसँग पहल गर्न प्रस्ताव गर्नु भएको थियो ।

सीमा नाका हेर्ने स्थानीय चिनियाँ अधिकारी सुचिले पालिका प्रमुखको प्रस्तावलाई स्वीकार गर्दै आफूले पनि नेपालसँगको १३ न पिल्लर रहेको  चिनियाँ नाका सहित अन्य नाका स्थायी रूपमै  खोल्न र सडक लगायत अन्य पुवाधार बनाउन पहल गर्ने प्रतिबद्धता गरेको पनि सूचना प्रविधि अधिकृत मल्लले जानकारी गराउनु भयो ।

मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामा  सहितको नेपालको टोली शनिवार चिनको ह्यजिमार पुग्दा चिनियाँ सीमा अधिकारी शुचि सहितको टोलिले टसि खाता सहित चिनियाँ परम्परा अनुसार स्वागत गरेका थिए ।

कोरोना समय देखि ५ वर्ष बन्द रहेका नेपाल चिनका ८ परम्परागत नाका यो वर्ष चिनले १५ दिनका लागि खोली दिएको छ । १५ दिनको यो अवधिमा चिनले सीमा नाकामा हाट बजार लगाएको छ । हाट बजार साउन १७ गतेबाट शुरु  भई ३१ गतेसम्म चल्नेछ ।

चिनको भूभाग ह्यजिमारसम्म समतल रहेकाले सवारी साधनहरू नाकासम्मै आउने गर्दछन् तर मुगु जिल्ला सदरमुकाम गमगढीबाट नाग्चेलाग्नासम्म रहेको ८७ किमी सडक दुरी मध्य १७ किमी मात्र ट्याक खोलिए पनि बाकी दुरी पैदलै पार गर्नु पर्ने अवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button