तपाईँ सुन्दै हुनुहुन्छः

छिमेकी मुलुकको पुँजी र प्रविधि आवश्यक : मन्त्री भण्डारी

काठमाडौँ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा छिमेकी मुलुकहरूको पुँजी र प्रविधि आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बर्षगाठको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको विकासमा छिमेकी मुलुकहरूको लगानी आवश्यक रहेको बताउनुभयो । लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको उहाँको भनाई थियो।

मन्त्री भण्डारीले भन्नुभयो, ‘चिन र भारतको प्रविधि र पुँजी हामीलाई आवश्यक छ । चीनको विकासको मोडेलसँगै सरकारी तथा निजी स्तरबाट लगानीको पनि आवश्यकता छ । त्यसका लागि हामी हाम्रो नीतिगत सुधार, ऐन कानुन निर्माण तथा संशोधन गरेर छिमेकी मुलुकको लगानी भित्र्याउने वातावरण हामी बनाइरहेका छौँ ।’

उहाँले वर्तमान सत्ता साझेदार प्रमुख दलहरुबीच मुलुकको सम्वृद्धिका लागि ७ बुँदे सहमति भएकाले उक्त सहमति कार्यान्वयनमा ल्याउन लागिपरेको बताउनुभयो । सम्वृद्धिका लागि छिमेकी मुलुक सँगको पारस्परिक सम्बन्ध मजबुत हुनुपर्नेमा उहाँको जोड रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button