करेन्ट लागेर एकको मृत्यु
चितवन । चितवनको माडीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
माडी नगरपालिका वडा नम्बर ७ गौरिनगरका नवराज राईको आफ्नै घरमा बल्ब जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका राईको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्