तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिनु हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले साउन ३० गते विश्वासको मत लिनु हुने भएको छ । उहाँले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभा सचिवालयमा पत्र पठाउनु भएको मुख्यमन्त्रीका स्वकीय सचिव राम बहादुर बिष्टले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहले पर्सि साउन ३० गते विश्वासको मत लिने तयारी  गर्नु भएको उहाँले बताउनु भयो ।

नेपाली काँग्रेस संसदीय दलका नेता शाह यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । नेकपा एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाहलाई ३० दिनभित्र विश्वासको मत लिई सक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकारलाई बहुमतका लागि कम्तीमा २७ जनाको आवश्यक पर्छ । यहाँ काँग्रेस १८, एमाले ११, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button