चितवनमा बस र ट्रक ठोक्किदाँ १० जना घाइते
चितवन । चितवनको राप्ती पुलमा बस र ट्रक आपसमा ठक्कर खाँदा बसमा सवार १० जना यात्रु घाइते भएका छन् ।
आज बिहान २ बजेर ३५ मिनेटमा राप्ती नगरपालिका पम्पापुल स्थित पूर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट धरान तर्फ आउँदै गरेको बस र सोही दिशावाट आउँदै गरेको ट्रक ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । घाइते सबैको जिल्ला पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बस चालक सप्तरी तिरुत गाउँपालिका वडा नम्बर २ सप्तरीका सन्तोष कुमार यादव र ट्रक चालक साङटार गाउँपालिका वडा नम्बर.२ रामेछापका कुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्