२ थान भरुवा बन्दुक सहित ३ जना पक्राउ
दाङ । दाङमा २ थान भरुवा बन्दुक सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
राजपुर गाउँपालिका वडा न ४ फोहोरा बस्ने ईच्ढा कुमार रैदासलाई सामुदायिक वनमा सिकार खेल्न जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो । आइतबार १ थान भरुवा बन्दुकसहित शिकार खेल्नगएका उनलाई गढवा प्रहरी कार्यालय गढवाको गस्तीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका ४ बस्ने टंक थापा र युवराज गिरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले १ थान भरुवा बन्दुक र २१ थान बन्दुकमा प्रयोग गर्ने छर्रासहित पक्राउ गरेको छ ।
गोप्य सूचनाका अनुसार प्रहरीले खोजतलास गर्ने क्रममा गिरिका साथमा भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राम प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्