करेन्ट लाग्दा एक युवाको मृत्यु
बाजुरा । बाजुरामा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । बिजुलीको काम गर्ने क्रममा करेन्ट लाग्दा बडिमालिका नगरपालिका वडा नम्बर ७ का ३३ वर्षीय मान बहादुर बिष्टको मृत्यु भएको हो ।
शनिबार दिउँसो बडिमालिका नगरपालिका वडा नम्बर ६ को जडाङ्गामा ३३ केभी राष्ट्रिय प्रसारण लाइन बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर बिष्ट गम्भीर घाइते भएका बिस्टलाई उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पुर्याइएको केही समयमानै मृत्यु भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्