तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु अर्का चालक घाइते

बाँके । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका ५ जि गाउँ चोकमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको छ ।

भे १ क २०६२ नम्बरको ट्रकले बा.प्र. ०३-००५ प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिनुभयो।

मोटरसाइकल चालक विकको नेपालगञ्ज मेडिकल  कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा शनिवार  बेलुका पख  मृत्यु भएको (डिएसपी) भण्डारीले जानकारी दिनुभएको छ।

मोटरसाइकलमा पछाडि बसेका बैजनाथ २ का हेमराज विकको समेत नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक महेन्द्र विक प्रहरी चौकी सल्यान कपुरकोटमा कार्यरत प्रहरी जवान ७ दिनको बिदामा आउनुभएको थियो ।

विकको मृत्यु पछि आफन्तले शनिबार बेलुका ५ बजेदेखि राती ८ बजेसम्म  सडक चक्का जामसँगै इप्रका कोहलपुरको गेटमा धर्ना दिएका थिए । ट्रकको साहु र ट्रक समितिकोको कोही पनि नआएको भन्दै उनीहरूले आन्दोलन गरेका थिए ।

मृतकका आफन्तहरूले आज (आइतबार) बिहान ८ बजे इप्रका कोहलपुरमा धर्ना दिने र कुनै पनि समन्वय र सहकार्य नभए आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button