तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी नदीमा हाम फालेर पुरुष बेपत्ता

चितवन । नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुष हाम फालेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज मध्यान्ह साँढे १२ बजे भरतपुर महानगरपालिका–३ पुल्चोक स्थित नारायणीको पुलबाट ती व्यक्ति हाम फालेका थिए ।

उनी हामफालेको सूचना प्राप्त गर्ने बित्तिकै विपद व्यवस्था टोलीले खोजतलास कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button