तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक वन दिवस मनाइयो

धनकुटा । ‘सामुदायिक वनको प्रभावकारिता तीनै तहको सरकार र समुदायको सहभागिता’ भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस २०८१ देशभर मनाइएको छ ।

सोही अवसरमा धनकुटामा सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटा र डिभिजन वन कार्यालय धनकुटाको संयुक्त आयोजनामा ‘वृक्षारोपण कार्यक्रम’ सम्पन्न भएको छ ।

वृक्षारोपण कार्यक्रममा वन क्षेत्रभित्र गुराँस, तेजपत्ता, कल्की, बैँस, धुपी, चाँप, स्वामी, लोक्ता लगायतका ५ सय बिरुवाहरू रोपिएको छ । धनकुटाको छथर जोरपाटीमा रहेको सिंहदेवी तारेभिर सामुदायिक वन र धनकुटा नगरपालिकामा रहेको सिलढुङ्गा सामुदायिक वनमा उक्त बिरुवा रोपिएको सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाका अध्यक्ष नीलबहादुर थापाले जानकारी दिनुभयो ।

वि.सं. २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष साउन २५ गते मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आइएको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button