तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी व्यथाले थलिएकी गुरुङको हेलिकोप्टरबाट उद्धार

गोरखा । सुत्केरी व्यथाले थलिएकी उत्तरी गोरखाकी सुनमाया गुरुङको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गुरुङ सुत्केरी व्यथाले सिकिस्त भएपछि आज बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

चुमनुब्री गाउँपालिका वडा नम्बर-३ सल्लेरीकी ४० वर्षीय  गुरुङको अहिले थापाथली प्रसूति गृहमा शल्यक्रियाका भएको छ । 

सुनमायालाई राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरिएको चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो । 

व्यथा लागेपछि बुधबार स्वास्थ्य चौकी पुग्नु भएकी गुरुङको बिहीबार मौसमका कारण उद्धार हुन नसकेपछि आज उद्धार गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button