शिक्षा समिति बैठक: शिक्षा विधेयकमाथि संशोधन प्रस्तुत गर्ने क्रम जारी

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहेको विद्यालय शिक्षा विधेयकमा आज पनि संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन प्रस्तुत गर्नुभयो ।
समितिको अजको बैठकमा सांसदहरु भगवती चौधरी, रोशन कार्की,महेन्द्रबहादुर शाही र प्रेमबहादुर महर्जनलगायतका सांसदहरुले बेरोजगार उत्पादन गर्ने हालको शैक्षिक प्रणालीलाई व्यवस्थित गरी व्यावसायिक शिक्षाको व्यवस्था गर्नुपर्ने, लोपोन्मुख भाषा संरक्षणका लागि मातृभाषा शिक्षालाई प्राथमिकता दिनुपर्ने, विद्यालय स्थानान्तरण र नाम परिवर्तन प्रदेश कानून अनुसार गरिनुपर्ने लगायतको संशोधन प्रस्तुत गर्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्