जङ्गली जनावरबाट बाली जोगाउन किसानलाई मुस्किल
धनकुटा । जङ्गली जनावरले बाली सखाप पार्न थालेपछि धनकुटा जिल्लाका कृषक हैरान भएका छन् । नजिकैका सामुदायिक वनबाट दिउँसै हुलका हुल बाँदर आएर बाली सखाप गर्ने गरेकाले आफूहरूलाई बाली जोगाउन हैरान भएको धनकुटाको छथरजोरपाटी गाउँपालिकाका कृषक कर्णबहादुर लिम्बुले बताउनु भयो। दिउँसो बाँदर र ढेडु तथा रातको समयमा लाग्ने अन्य जङ्गली जनावरका कारण किसानलाई बाली जोगाउन हैरान भएका लिम्बुको भनाइ छ। यहाँका कृषकको जीविकोपार्जनको मुख्य माध्यम खेती नै भएको लिम्बुले बताउनु भयो।
बारीमा लगाइएको मकै, सुठुनी, पिँडालु, बोडी, दाल, बदाम जनावरबाट बचाउन मुस्किल रहेको धनकुटा नगरपालिकाका अर्को किसान रामकुमार राईको भनाई छ। खेतीका लागि समयमै मल, सिँचाई, रोग किराको नियन्त्रणका लागि औषधी उपकरण र प्राविधिक सेवाका साथै कामदार जनशक्ति अभावमा दुःखले निर्वाहमुखी कृषि पेशा गर्दे आएका गाउँलेहरूका लागि वन्यजन्तुको ज्यादती थप टाउको दुखाईको विषय बनेको किसान दुखेसो गर्छन्। सियोमा मकै छरेको दिनबाट जनावर खेदाउँदा समस्या भएकोले जङ्गली जनावरको व्यवस्थापन सरकारी निकायबाट हुनु पर्ने किसानको भनाइ छ।








प्रतिक्रिया राख्नुहोस्