तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीको रंगशाला जाने कार्यक्रम स्थगन 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको रंगशाला जाने कार्यक्रम स्थगन भएको छ ।

आज रङ्गशालामा हुने काभा महिला भलिबल प्रतियोगिताको नेपाल र भारतबीच हुने फाइनल खेल हेर्न र नेपाली खेलाडीहरूलाई हौसला प्रदान गर्न रंगशाला जाने कार्यक्रम रहेको थियो ।

आजै नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाको कारण आकस्मिक मन्त्रिपरिषद् बैठक बस्नु परेकोले रंगशाला जाने कार्यक्रम स्थगन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button