मासु खाँदा हड्डी अड्किएर एकको मृत्यु
चितवन । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक व्यक्तिको मृत्यु भएको छ ।
तनहुँ भिरकोट नगरपालिका वडा नम्बर ३ पिपलबारीका ५९ बर्षीय छाम बहादुर रानामगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८:३० बजे, गैँडाकोट नगरपालिका वडा नम्बर १ गंगानगर स्थित रानामगरले छोरीको घरमा बिहानको खाना राँगाको मासु सहित खाने क्रममा हड्डी घाँटीमा अड्किन गएको थियो ।
उनलाई तत्काल उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा ९ः४८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्