तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय शिक्षा विधेयकमाथि छलफल

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सबै सुरक्षित: शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बङ्गलादेशमा रहेका विद्यार्थीहरू सुरक्षित रहेको र नेपाल फर्कन चाहनेलाई सरकारले सहजीकरण गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बाज सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई नेपालमा इन्टर्नसिप गर्ने व्यवस्था मिलान सरकारले पहल गरिरहेको जानकारी दिनुभयो ।


बङ्गलादेशमा विभिन्न विषय अध्ययनरत १४ सय ७८ जना विद्यार्थी बङ्गलादेशस्थित नेपाली दूतावासको सम्पर्कमा आइसकेको बताउनुहुँदै मन्त्री भट्टराईले परराष्ट्र, स्वास्थ्य तथा शिक्षा मन्त्रालयको समन्वयमा सरकारले ती विद्यार्थीहरूलाई नेपाल फर्काउन लागि परेको बताउनुभयो । बैठकमा मन्त्री भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटीको पुनर्संरचनाका लागि दुई छुट्टाछुट्टै समिति बनाइएको पनि जानकारी गराउनुभयो ।


सिटीइभिटीको पाठ्यक्रमको समीक्षा र पुनर्संरचनाका लागि डाक्टर लेखनाथ पौडेलको संयोजकत्वमा र सिटीइभिटीको संरचनागत पुनर्संरचनाका लागि शङ्कर गौतमको संयोजकत्वमा गठित समितिले ३ महिनाभित्र प्रतिवेदन बुझाउने समय तोकिएको मन्त्री भट्टराईले समितिको बैठकलाई जानकारी गराउनुभयो । बैठकमा विद्यालय शिक्षा विधेयकमाथि आज पनि ६ जना संशोधनकर्ता सांसदहरुले संशोधन प्रस्तुत गर्नुभयो ।


उहाँहरूले रैथाने शिक्षालाई सिपसँग जोड्ने कुरालाई विधेयकमा समावेश गरिनुपर्ने, पढाइँदै आएको शिक्षण विधिलाई सिकाइमा परिणत गरिनुपर्ने, मातृभाषाको शिक्षक दरबन्दी बढाइनुपर्ने लगायतको संशोधन प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button