जलस्रोत विधेयकलाई समयसापेक्ष समुन्नत र परिपक्व बनाउनुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिमा आज भएको जलस्रोत विधेयक २०८१ मा संशोधनकर्ता सांसदहरूसँगको छलफलमा सांसदहरुले जलस्रोत विधेयकलाई समयसापेक्ष समुन्नत र परिपक्व बनाउनुपर्नेमा जोड दिनुभएको छ । विगत तथा अन्तर्राष्ट्रिय अभ्यासलाई हेरी भविष्यका लागि समेत सापेक्ष हुनेगरी विधेयक निर्माण गर्नुपर्ने बताउनु भएको छ ।
छलफलमा सांसदहरुले विधेयकमाथि संशोधनका प्रस्ताव तथा अन्य विषयमा समेत गम्भिरतापुर्वक छलफल गरी विधेयकलाई परिष्कृत बनाउनुपर्ने जोड दिनुभयो ।
छलफलमा विधेयकको दफा ५ मा रहेको पर्यावरण, जल चक्र तथा वन्यजन्तु उपयोग सम्बन्धमा स्पष्टीकरण थप गर्ने, यस्तै दफा ६ मा जलस्रोतको एकीकृत र समन्वयात्मक विकास, उपयोग, संरक्षण र दिगो व्यवस्थापन सम्बन्धी अध्ययन, समन्वय, अनुसन्धान गर्न नियमन गर्न जल तथा ऊर्जा आयोगको स्थापना गर्ने लगायतका विषयमा संशोधन प्रस्ताव गरिएको छ ।
छलफलमा समितिका सभापति दीपकबहादुर सिंहले सम्बन्धित विषय विज्ञहरूसँगको छलफलमा विधेयकलाई थप परिमार्जित र सुदृढ बनाइने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्