तपाईँ सुन्दै हुनुहुन्छः

नाग्दीखोलामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

चितवन । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित नाग्दीखोलामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज बिहान ७ बजेर ३५ मिनेटमा ढुङ्गा सहितको पहिरो खस्दा उक्त सडक दुईतर्फी रुपमा अवरुद्ध भएको हो ।

प्रहरी र सडक विभागको टोली सहितको पहलमा लोडरको सहायताले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सडक खुल्न करिब डेढ घण्टा समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button