कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनुभएको छ ।
आज दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका २३ सांसदले विश्वासको मत दिएसँगै उहाँले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।

मुख्यमन्त्री कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १४ मत परेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले यहीँ ७ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिनु भएको हो ।
४० जना सांसदमध्ये ३७ जना उपस्थित हुनुहुन्थ्यो । कँडेलको पक्षमा नेकपा एमाले ९ र नेपाली काँग्रेसका १४ सांसदले मत हालेका थिए । सरकार जोगाउनका लागि २१ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री कँडेलले २३ मत पाउनुभएको हो ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३ एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक/एक जना सांसद हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्