मन्त्री पाण्डेद्वारा मन्त्रालय स्तरीय एक महिने कार्यतालिका सार्वजनिक
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।
सोमबार आर्थिक वर्ष २०८०र०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठक मार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन मन्त्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गर्नुभयो । उहाँले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभाग स्तरीय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गर्नुभयो ।
त्यस अवसरमा मन्त्रालयले लिएका लक्ष्य र उद्देश्य हासिल गर्न युद्वस्तरमा काम भइरहेको पनि उहाँले बताउनुभयो । मन्त्री पाण्डेले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा, १२ गते पर्यटन महाशाखा, १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्ने गरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिनुभयो । उहाँले सरकार र कर्मचारीबिचको राम्रो सम्बन्ध मार्फत मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएको बताउँदै उहाँले सिस्टममा लैजानका लागि कर्मचारीलाई हतोत्साहित भन्दा पनि प्रोत्साहन र उत्प्रेरणा दिनु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्