उपचारको क्रममा जुम्लामा एक कैदीको मृत्यु
जुम्ला । जुम्ला कारागारमा एक कैदीको मुत्यु भएको छ । खत्याड गाउँपालिका – ३ मुगुका ३४ वर्षीय प्रदीप टमटाको आइतबार मृत्यु भएको हो ।
उच्च रक्तचापले ह्रदयघातका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएको जेलर जया प्रसाद पाण्डेले बत्ताउनुभयो। उहाँले भन्नुभयो,’आइतबार बिहानै व्याडमेण्टन खेल खेलिसकेपछि खाना खानु अघि छाती दुख्यो भनेर कारागारको खल्लीमा ढलेका हुन् । उपचार गर्न अस्पताल लिएको दुई घण्टामा मृत्यु भयाे ।’
अस्पताल पुराएको दुई घण्टापछि मृत्यु घोषणा भएको जेलर पाण्डेले बत्ताउनुभयो । उहाँका अनुसार मृतक टमटाका आफन्त नेपालगन्ज र मुगु जिल्लाबाट जुम्ला आउँदै छन् । साउन २१ गते शव पठाउने तयारी गरिएको छ । मृतक टमटाकी पत्नीसहित एक छोरी र दुई छोरा रहेका छन् ।
उच्च अदालत सुर्खेत जुम्ला इजलासले बलात्कार घटनामा पाँच वर्ष कैद तोकेको थियो । उनी ०७९ साउन २७ गते जुम्ला कारागारमा आएका हुन् । तीन वर्ष जति कैद भुक्तान गरिसकेका थिए । उच्च र जिल्ला अदालतले उनलाई दोषी ठहराएको थियो ।जुम्ला कारागारमा पाँच जना महिलासहित एक सय २३ कैदीवन्दी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्