तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश : सरकारमा जाने तयारीमा एमाले

पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने बताउनुभएको छ ।

शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ‘गण्डकी दर्पण’को विमोचन समारोह अधिकारीले देशको परिस्थिति र अवस्थाले गर्दा हाल ७ भन्दा बढी मन्त्रालय बढाउन नहुनेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको उल्लेख गर्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताउनुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्‍याउने रहेको खुलासा गर्दै उहाँले आफु त्यसको पक्षमा भने नरहेको उल्लेख गर्नुभयो ।

एमालेसहित काँग्रेसको गठबन्धन परिवर्तन भएको एक महिना बित्दा समेत गण्डकी प्रदेशमा एमाले सरकारमा सहभागिता नभएको विषयमा अब सरकारमा जाने तयारी भएको निवर्तमान मुख्यमन्त्री अधिकारीले जनाउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएकोले नयाँ आशाको सञ्चार भएको उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button