तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका मुख्यमन्त्री कँडेल २१ साउनमा विश्वासको मत लिँदै

जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउने २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ ।

विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुन लागेको छ । काँग्रेसले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम समेत टुग्यांइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button