तपाईँ सुन्दै हुनुहुन्छः

वन मन्त्री शाहीसँग कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसँग गणतन्त्र कोरियाका राजदूतले शिष्टाचार भेट गर्नुभएको छ ।

शुक्रबार मन्त्रालयमा गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क टेइयंग र वन मन्त्री शाहीबीच शिष्टाचार भेट भएको स्वकीय सचिव लेक विक्रम शाहले जानकारी दिनुभयो ।

सन १९७४ देखि कोरिया र नेपालबीच रहिआएको सम्बन्ध अझै मजबुत बनाउन कोरिया सरकार तयार रहेको राजदूत पार्कले बताउनुभयो ।

कार्बन व्यापारप्रति नेपाल सरकारले देखाएको चासोप्रति उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो ।

मन्त्री शाहीले कोरियाली सरकारले प्रदान गर्ने विभिन्न शैक्षिक छात्रवृत्तिबाट नेपाली विद्यार्थी लाभान्वित भएको र प्राविधिक तथा व्यावसायिक तालिममा भइरहेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । कोरिया सरकारले लामो समयदेखि हजारौँ युवाहरूलाई इपिएस कार्यक्रम मार्फत रोजगारीको अवसर प्रदान गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button