काँग्रेसले टुङ्ग्यायो कर्णाली सरकारमा सहभागी हुने मन्त्रीको नाम

जुम्ला । नेपाली काँग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि कर्णालीमा काँग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको हो । कर्णालीमा एमालेकै नेतृत्वको गठबन्धन सरकारमा सहमति भएको छ ।
गठबन्धन सरकारमा काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढालाई पठाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिनुभयो ।
नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर आइसकेकाले आजै मन्त्रीहरूको शपथको तयारी गरिएको छ । मन्त्रीहरूको नाम र मन्त्रालयको जिम्मेवारी सहितको पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइ सकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्