तपाईँ सुन्दै हुनुहुन्छः

कपास उद्योगमा आगलागी,करिब २२ लाखको क्षति

पोखरा । पोखराको एक उद्योगमा आगलागी हुँदा करिब २२ लाख मूल्य बराबरको क्षति भएको छ ।

पोखरा ४ स्थित तेर्सापट्टिमा रहेको पश्चिमाञ्चल कपास उद्योगमा आज बिहान आगलागी हुँदा करिब २२ लाख मूल्य बराबरको क्षति भएको उद्योग सञ्चालक बसन्त कतिलाले बताउनु भयो ।

उहाँका अनुसार आज बिहान करिब ११ः१० तिर उद्योगमा मेसिन भएको स्थानबाट बिद्युत् सर्ट भई आगलागी भएको हो । मेसिन, भवन र कपडा सहित गर्दा कवि २० देखि २२ लाखको क्षति भएको उहाँको भनाई थियो ।

टिनको छानोमा ३ कोठा भएको १ तल्ले कच्ची घरमा सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा आगलागी हुन साथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र पोखरा महानगरको नगर प्रहरी सहित स्थानीय दमकलको सहायतामा करिब १ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

पोखरा ३ र ४ नम्बरको सिमानामा पर्ने साँघुरो सडक बाटो भएको हुनाले आगो नियन्त्रण गर्न केही समय लागेको स्थानीय हरि प्रसाद पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button