तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन प्रवद्र्धनका लागि सदाचार नीति ल्याउन सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सदाचार नीति ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकले २०७४ सालमा ड्राफ्ट तयार भएको सदाचार सम्बन्धी नीति पारित गरेर लागु गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले देशमा सुशासन कायम गर्न सदाचार नीति ल्याउन ढिलाइ गर्न नहुने, नीति भन्दा पनि कानुन कै रुपमा ल्याउन सके अझै प्रभावकारी हुने, सुशासन प्रवद्र्धनका लागि सदाचार नीति महत्त्वपूर्ण हुने बताउनुभयो ।

छलफलमा सांसदहरु बामदेव गौतम, झक्कुुप्रसाद सुवेदी, उर्मिला अर्याल, तुलप्रसाद विश्वकर्मा, अन्जान शाक्य लगायतले सुशासन कायम गर्ने विषयमा नैतिक शिक्षा र सदाचार महत्वपूर्ण रहेको भन्दै यसलाई कार्यान्वयनमा लैजाने गरी कानुन बनाउनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button