हरेक नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्याउने गरी काम गरौँ : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकको घरघरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनुपर्ने बताउनुभयो ।
मन्त्री यादवले जलवायु परिवर्तन लगायत कारण तराई लगायतका क्षेत्रमा खानेपानीका स्रोत सुक्दै जानु चिन्ताको विषय भएको भन्नुहुँदै यस समस्याको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यसैगरी मन्त्री यादवले गरिब, निमुखा तथा दिनभरि मजदुरी गरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खानेपानी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्