तपाईँ सुन्दै हुनुहुन्छः

कला संस्कृति संरक्षणमा सहयोग गर्न सरकार तयार छ : वन मन्त्री शाही

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले नेपालको कला संस्कृति संरक्षणमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

मङ्गलवार नेपाली कला सांस्कृतिक प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको परिचयात्मक तथा विविध सांस्कृतिक कार्यक्रम वन मन्त्री शाहीले कला संस्कृति संरक्षण नभएसम्म देशको समृद्धि नहुने भनाई राख्नुभयो ।

उहाँका अनुसार जातजाति, धर्म संस्कृतिमा भरिपूर्ण रहेको नेपालमा कलाप्रेमीहरुले राष्ट्रलाई गुन लगाउनुभएको छ । कर्णाली तथा सुदूरपश्चिम मौलिक संस्कृतिको उद्गम थलो रहेको बताउँदै मन्त्री शाहीले मौलिक कला संस्कृतिको जगेर्ना गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

‘हाम्रो गौरव हाम्रो शान, कला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेपालको कला संस्कृतिको संरक्षण तथा अनुसन्धान गर्नु २०८१ सालमा स्थापित नेपाली कला सांस्कृतिक प्रतिष्ठानको मुल उद्देश्य रहेको अध्यक्ष पदम रोकायाले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न कलाकारहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button