तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा कुटपिटबाट एक जनाको मृत्यु, एक घाइते 

जनकपुरधाम  । धनुषामा कुटपिटबाट एक एकजनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नंं-२ मङ्गलपुरका वर्ष ४५ को भोगेन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएका हो ।

कुटपिटबाट मृतककी श्रीमती वर्ष ३५ की श्यामु ठाकुर घाइते भएकी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रञ्जन अवाले जानकारी दिनु भएको छ ।

सोही ठाउँका वर्ष ४५ की सुरजी मुखिया र उनका छोरा वर्ष २१ को नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र श्रीमती श्यामु घाइते भएको प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिनु भयो ।

सोमवार बिहान साढे ११ बजे घरमै पुरानो रिसीवीका कारणले कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको टाउको सहित शरीरको विभिन्न भागहरूमा चोटपटक लागेको पनि प्रहरीले जनाएको छ ।

घटना लगतै कुटपिटमा संलग्न रहेको आरोपमा आमा छोरालाई प्रहरी पक्राउ गरेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यसै बीच मृतक ठाकुरले प्रादेशिक अस्पताल जनकपुरधाममा शव परीक्षण गर्ने काम भइरहेको छ ।

कुटपिटमा संलग्न माथि कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button