तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको महेन्द्रनगरमा ट्याक्टरको ठक्करबाट एक जना महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ट्याक्टरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ०३ भासीमा मङ्गलवार बिहान ट्याक्टरले ठक्कर दिँदा भीमदत्त नगरपालिका वडा नम्बर ०६ सुकासाल बस्ने अन्दाजी ३५ वर्षिया पार्वती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको उक्त सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म १ त १०१७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकल सहित बाटो पार गरिरहनु भएकी पार्वती भट्ट घाइते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको बताइएको छ ।

ट्याक्टर र ट्याक्टर चालक भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुर बस्ने ३८ वर्षीय समीर कुमार सिंहलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button