तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजस्व कार्यालय नेपालगन्जद्वारा ६ अर्ब ४४ करोड राजश्व सङ्कलन

बाँके । आन्तरिक राजस्व कार्यालय बाँके लक्ष्य अनुसारको राजस्व असुल गर्न असफल देखिएको छ ।

आव ८०/८१ मा नेपालगन्जलाई ७ अर्ब ६९ करोडको लक्ष्य दिइएको थियो । तर नेपालगन्ज कार्यालयबाट ६ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको छ ।

नेपालगन्ज कार्यालयले आव ०७८/७९ मा ५ अर्ब २२ करोड लक्ष्य पाएकोमा त्यसलाई पूरा गर्दै ५ अर्ब ४७ करोड राजस्व असुली गरेको थियो ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख सुदिश अर्यालले बजारमा देखिएको आर्थिक शिथिलता र मन्दीका कारण लक्ष्य हासिल गर्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button