१३ हजार बढी सवारी कारबाहीमा
धनकुटा । धनकुटामा एक वर्षको अवधिमा १३ हजार भन्दा बढी सवारी साधन ट्राफिक कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार २१ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय धनकुटाको तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढी ५ हजार ५ सय ३७ मोटरसाइकल, ४ हजार ७ सय ७२ जीप र कारलाई कारबाही गरिएको छ । त्यस्तै १ हजार १ सय ६१ ट्रक, ६सय ६८ टेम्पो, ३ सय ९५ ट्याक्टर ,३ सय ३६ बस १ सय ५१ टिपर र १ अन्य सवारीसाधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन कारबाहीबाट ७६ लाख ७ सय ७५ रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्