फलामको रड प्रहार गरेर श्रीमतीको हत्या
दाङ । दाङमा एक श्रीमानले फलामको रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।
राजपुर गाउँपालिका-१ रसरी खोला निवासी ३८ वर्षीय गणेश घर्तीले फलामको रड प्रहार गरि श्रीमती ३७ बर्षीय बसन्ती घर्तीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमान् गणेशलाई घटनास्थलबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भयो ।
दुवै जना आइतबार बेलुका सँगै खाना खाएर कोठामा सुत्न गएका थिए । तर बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरको ढोका खोलेर हेर्दा फलामको रडले टाउकोमा प्रहार गरी श्रीमती हत्या गरेको, श्रीमान् गणेशलाई फलामको रड सहित सोही कोठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर श्रीमान् -श्रीमतीको विचमा यस अघि पनि झगडा हुने गरेको स्थानीयले बताएका छन् । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्