तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो

पर्सा । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर  पर्सामा ५१जनाले ज्यान गुमाएका छन् ।

गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताउनुभयो । 

आव २०७९/८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताउनुभयो । आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८  सवारी दुर्घटना भएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button