ताप्लेजुङमा एक हजार तिन सय बढी सवारी कारबाहीमा
ताप्लेजुङ । ताप्लेजुङ ट्राफिक प्रहरीले पछिल्ला तीन आर्थिक वर्षको तुलनामा आव ०८०/८१ मा सबैभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी सहायक निरीक्षक दीपक न्यौपानेका अनुसार आव २०८०/८१ मा कूल आठ लाख १९ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । उहाँका अनुसार आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ७ लाख ४७ हजार र आव २०७८/७९ मा ५ लाख ६९ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।
ट्राफिक प्रहरी प्रमुख न्यौपानेका अनुसार उक्त आवमा एक हजार तिन सय १० सवारी कारबाहीमा परेका थिए । आव २०७९/८० मा कारबाहीमा परेका सवारीको सङ्ख्या एक हजार तिन सय तथा आव २०७८/७९ मा सात सय ५० रहेको थियो ।
न्यौपानेका अनुसार आव २०८०÷८१ मा १५ वटा बस, एक सय १८ वटा ट्रक तथा जीप, कार र भ्यान गरी ६ सय ४३ वटा कारबाहीमा परे । सोही अवधिमा एक सय ७१ वटा ट्र्याक्टर र तिन सय २८ वटा मोटरसाइकल कारबाहीमा परेका थिए ।






प्रतिक्रिया राख्नुहोस्